• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चीनबाट स्वदेश फर्किए गृहमन्त्री श्रेष्ठ

    1.5K
    SHARES



    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । उनी चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार (आज) बिहान काठमाडौं आइपुगेका हुन् ।

    बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।

    बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

    १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया