• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चुनावमा धाँधली गरेको प्रमाण भेटियो, एनआरएनए बद्री समूहको औचित्य समाप्त

    1.5K
    SHARES



    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको चुनावमा धाँधली भएको बलियो प्रमाण भेटिएको छ । अनलाइन भोटिङमा धाँधली गरेर अध्यक्षमा बद्री केसी विजयी भएको घोषणा गरिएको भन्ने प्रतिस्पर्धी दाबीलाई बल प्रदान गरेको छ ।

    घोषणा गरिएको मत परिणामअनुसार बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको देखाएको छ । यो फेक भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सिस्टममै धाँधली भएको प्रमाण महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएको छ । जबकी उनलाई सबैभन्दा बढी मत खसेको दाबी गरिएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खस्दा एक मत पनि नखस्नु भनेको धाँधली भएको नै भएको पौडेलले दाबी गरेका छन् ।

    त्यसैगरी अध्यक्षका प्रत्यासी आरके शर्माले केसीले सिस्टम ह्याक गरी आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । उनले संघको शून्यमा पुगेको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । त्यस्तै, अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै गम्भीर छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

    पराजित मात्रै होइनन् उपाध्यक्षमा विजयी खगेन्द्र न्यौपानेले पनि चुनावमा धाँधली भएको बताए । निष्पक्ष देखाउन आफूलाई निश्पक्ष देखाउन जिताइएको बताउँदै स्वीकार नगर्ने बताउँदै निष्पक्ष छानविनको माग समेत गरे । योसँगै एनआरएनए बद्री समूहको औचित्य समाप्त भएको दाबी गरिएको छ । अब यो दुई समूहमा विभाजन हुन सक्ने बताइएको छ । पराजित बनाइएका आरके र महेश पक्षबीच अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल सुरु भएको छ ।
    धाँधलीको निष्पक्ष छानविन नगरिए अर्को कार्यसमिति गठन गर्ने सम्मको छलफल भएको छ ।

    केसीले सिस्टम ह्याक गरेरै भएपनि आफूलाई विजयी घोषणा गर्ने विनोद कुँवर पक्षले लगाएको आरोप पुष्टि भएको छ । सो पक्षका दिपेश खत्रिले अनलाइन भोटिङ सिस्टम केसीकै पहुँचमा रहेको उनले आफ्नो अनुकुलताको परिणाम सार्वजनिक गर्ने दाबी गर्दै आएका थिए ।

    केसीले भेरो नामक अनलाइन सिस्टम नै ह्याक गरेर आफूलाई विजयी घोषणा गर्न लगाएको आरोप लागेसँगै निष्पक्ष निर्वाचनमाथि नै प्रश्न उठेको छ । चुनाव जित्नेको लागि धाँधलीको आरोप अहिलेमात्रै होइन केसी उपाध्यक्ष र महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । केसीले महासचिवमा आफू निकट गौरीराज जोशी निर्वाचित गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया