• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त, छिट्टै नेपाल ल्याइने

    3.6K
    SHARES



    काठमाडौँ । इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ। इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जनाएको हो ।

    ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो ।

    सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ ।

    प्राप्त गरेका शवहरू ढिलानगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ