• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘हामी यहाँ छौं, सरकार कहाँ छ ?’

    1.4K
    SHARES



    काठमाडौँ। स्थानीय तहमा कार्यरत कर्मचारीहरूले माइतीघरमा प्रदर्शन जारी राखेका छन् ।

    मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले केही दिनदेखि पालिकाका अत्यावश्यकबाहेक सेवा रोकेका छन् ।

    स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आह्वानमा विधेयक सच्याउन माग गर्दै केही दिनदेखि माइतीघर मण्डलमा धर्ना र प्रदर्शनलगायत आन्दोलन भइरहेका छन् ।

    काठमाडौं आउन नपाएका कर्मचारीले आफू कार्यरत स्थानीय तहमै विरोधका कार्यक्रम गरेका छन् । संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले सरकारले वार्तामा नबोलाएको बताएका छन् ।

    ‘हाम्रा माग सरकारले सुनुवाइ गरेको छैन । अहिलेसम्म वार्ताका लागि पनि बोलाएको छैन । अत्यावश्यकबाहेक सेवा बन्द गरेका छौं,’ उनले भने, ‘माग पूरा नभएसम्म पेनडाउन गर्छौं ।’

    दीपक गौतमको संयोजकत्वमा स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गरेर कर्मचारीहरू आन्दोलनमा छन् । समितिको गत बिहीबार बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखि ७ सय ५३ स्थानीय तहमा अनिश्चितकालीन ‘पेनडाउन’ गर्ने निर्णय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ