• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फेरि बढ्यो डेंगु सङ्क्रमण : २ दिनमा १५ सय बढी नयाँ केस

    1.2K
    SHARES



    काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको फेरि बढ्नथालेको छ । गएको २ दिनमा १५ बढी सङ्क्रमित भएका छन् ।

    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६ हजार ७ सय ४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । २ दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २ सय २३ जना सङ्क्रमित थिए ।

    ८ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् ।

    सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित छन् ।

    तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् ।

    काठमाडौँमा ७८५ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ४४५ जना पुगेको छ ।

    सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

    त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५८५, लुम्बिनी प्रदेशमा ६४५ र कर्णाली प्रदेशमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ