• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    छारे भिरमा सडक निर्माणको काम गरेर ३८ वर्षीय मक्करसिंह जब तुइन चाढेर घर फर्किन खोजे….

    4.6K
    SHARES
    Israel Palestinians



    काठमाडौँ ।  हुम्लाको सर्केगाड गाउँपालिकास्थित कर्णाली नदी तर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।

    सर्केगाड-२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका हुन् ।

    मुगुको सोरु गाउँपालिका–५ नेरगाउँ निवासी घर फर्किने क्रममा तुइनबाट खसेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीले जानकारी दिए।        ३८ वर्षीय मक्करसिंह     घर फर्किन

    “नेपाली सेनाले कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गरिरहेको छ । त्यहीँ काम गरेर फर्किने क्रममा उहाँ बेपत्ता हुनुभएको हो। खोजी कार्य भइहेको छ,” कार्कीले भने, “उक्त तुइन सेनाले नै बनाएको हो । त्यहाँ पुल बनाउन सम्भव छैन ।

    कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया