• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

    1.6K
    SHARES



    काठमाडौँ । जनकपुरस्थित बिग मार्टमा शनिबार राति आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ ।

    आगलागीबाट मार्टमा रहेका सबै सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले बताए । आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ ।

    “हामी मार्टको दोस्रो तलामा सुतेका थियौँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ,” उनले बताए ।

    प्रहरीका अनुसार आगलागीको कारणखुल्न सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ