• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    1.9K
    SHARES



    काठमाडौँ। भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

    मध्यराति १२: १७ बजे सूर्यविनायक नगरपालिका-५ श्रृजनानगर चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताएका छन् ।

    भक्तपुरबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशामा जाँदै गरेको बा. ९७ प. २९५० नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका थिए । सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल काठमाडौं काँडाघारी बस्ने मोटरसाइकल चालक वर्षीय १८ का शिव आलेमगर र मोटरसाइकलमा सवार सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाइट बस्ने २३ वर्षीय रामशरण थापामगर घाइते भएका थिए ।

    उनीहरूको उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएको थियो । चालक शिव आलेमगरको उपचार भइरहेको छ।

    मोटरसाइकलमा सवार रामशरण थापामगरलाई थप उपचारको लागि शनिबार राति १:५५ बजे नर्भिक अस्पताल काठमाडौंमा रिफर गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ