• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तनहुँमा बढ्दै डेंगु सक्रमंण

    1.4K
    SHARES



    काठमाडौँ। पछिल्लो समय तनहुँ सदरमुकाम दमौलीमा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।

    १० वटा स्थानीय तह रहेको तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिकामा डेंगुको बिरामी देखा परेका छन् ।

    स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्म जिल्लाभर ३ हजार ७ सय ७९ जना डेंगुबाट संक्रमित भएका छन् । जसमा व्यास नगरपालिकाका मात्रै ३ हजार २ सय ३९ जना संक्रमित भएका छन् ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिकाका १ सय ४३, भिमाद नगरपालिकाका ९७, ऋषिङ गाँउपालिकाका ७८, म्याग्दे गाँउपालिकाका ५९, भानु नगरपालिकाका ५८, आँबुखैरेनी गाँउपालिकाले ३९, बन्दिपूर गाँउपालिका २७,घिरिङ गाँउपालिकाका ७ जना र देवघाट गाँउपालिकाका ६ जना संक्रमित भएका छन् ।

    हाल सम्म तनहुमा डेंगुबाट ३ जनाको ज्यान गईसकेको छ । संक्रमित हुनेमा पुरुषको तुलनामा महिला धेरै रहेका छन् ।

    स्वास्थ्य कार्यालय तनहुका प्रमुख शंकरबाबु अधिकारीका अनुसार हाल सम्म संक्रमित भएका मध्ये ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला रहेका छन् । एक हजार ९ सय ९६ जना महिला संक्रमित हुदाँ १ हजार ७ सय ८९ जना पुरुष संक्रमित भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ