• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्प क्षतिबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड आज बझाङ जाँदै

    848
    SHARES



    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा जाँदै छन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो ।

    प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् ।

    बिहीबार प्रधानमन्त्री प्रचण्ड बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो ।

    मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ भने भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव भेटिएको छ । बझाङमा १८ जना, अछाममा ५ जना, बाजुरामा २  र बैतडीमा २ जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४ सय १० भौतिक संरचनामा क्षति पुगेको खबत प्राप्त भएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३ सय १ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ