• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    यस्तो रहनेछ शुक्रबारको मौसम

    3.7K
    SHARES



    काठमाडौँ । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

    जसका कारण कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी, बागमती र गण्डकीका १-२ स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

    दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

    राति कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ