• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विवादास्‍पद अभिव्यक्ति दिँदा पक्राउ परेका ‘धर्मगुरू’ धरौटीमा छुटे

    1.2K
    SHARES



    काठमाडौँ। धार्मिक तथा सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरू आचार्य श्रीनिवास धरौटीमा छुटेका छन् ।

    बिहीबार उनले जिल्ला प्रशासन कार्यालय धनुषामा ५ सय रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन आवले बताए ।

    ‘मबाट गल्ती भयो । अबबाट यस्तो गल्ती दोहोरिँदैन,’ उनको भनाइ उदृत गर्दै डिएसपी आवले भने । सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनलाई मं‌गलबार सुनसरी बराहक्षेत्रको चक्रघट्टीबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी धनुषामा लगिएको थियो ।

    उनले गत शुक्रबार विश्व हिन्दु परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया