• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बझाङ भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    874
    SHARES



    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङमा गएको भूकम्पबाट पीडित बनेका जनतालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताए ।

    ‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन गर्दछौं’, प्रधानमन्त्रीले भने, ‘हालसम्म भएको उद्दार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौं ।’

    प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने समेत बताएका छन् ।

    यसअघि बुधबार सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । बझाङ भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका छन् । यस्तै कैयन भौतिक संरचनामा क्षति पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ