• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर सुदुरपश्चिम

    सुदूरपश्चिममा फेरी भूकम्प- बझाङका केही घरहरुमा क्षति (फोटो फिचर)

    18.5K
    SHARES

    काठमाडौँ। सुदूरपश्चिममा आज (मंगलबार)को भूकम्पले केही घरहरूमा क्षति पुर्याएको छ ।

    मंगलबार २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेट गरि २ पटक भुकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युट र ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।

    सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहका अनुसार भूकम्पका कारण बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन् । यस्तै गाउँका केही कच्ची घरहरू भत्किएको उनले जानकारी दिए ।

    बझाङका स्थानीय ललित सिंहका अनुसार सदरमुकामका घरहरू चर्कीएका कारण मानिसहरू घरबाहिर बसेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ