• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकारसँग सहमतिपछि राहत शिक्षक-कर्मचारी घर फर्किँदै, आइतबारबाट विद्यालयमा हाजिर हुने

    2K
    SHARES



    काठमाडौँ । सरकार र आन्दोलनरत राहतका शिक्षकबीच सहमति भएको छ ।

    आज शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । राहत शिक्षकहरुले उठाएका मागहरु सम्बोधन गर्न सरकार तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको छ ।

    आन्दोलनरत ५ वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।

    संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए ।

    सहमति भएपछि आजैबाट शिक्षक र कर्मचारी घर फर्किने र आइतबारबाट विद्यालय हाजिर हुने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ