• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल राष्ट्र बैंकले बढायो सुन आयातको कोटा

    1.2K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । हाल दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

    बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार १ महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।

    हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र सुन आयात गरिरहेका छन् ।

    यद्यपि यसअघि नै दैनिक सुन आयातको कोटा दैनिक २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो । तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिसँगै सुनको मागमा वृद्धि भएकाले कोटा वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ