• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि किन मुद्दा चलाइएन ?’

    1.2K
    SHARES



    काठमाण्डाै । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लीलामणि पौड्यालमाथि मुद्दा नचलाउनुको कारण माग गरेको छ ।

    न्यायाधीश विनोद शर्माको इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथिको सुनुवाइ गर्दै सरकारका नाममा आज मङ्गलवार कारण देखाऊ आदेश जारी गरेको हो ।

    आदेशमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई तथा पूर्वमुख्यसचिव पाैड्याललाई मुद्दा चलाउन नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित १५ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले गएको महिना ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भूमिसुधारमन्त्री, सचिव, मालपोत र नापीका कर्मचारी, जग्गा खरिदकर्ता लगायतविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।

    यो मुद्दामा पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरेको थियो ।

    Order-lalita.pdf

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ