• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सार्वजनिक लेखा समितिले बेरुजुको सम्परीक्षण गर्ने, ९ उपसमिति गठन

    1.7K
    SHARES



    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखा परीक्षण कार्यालयले औंल्याएको बेरुजु सम्परीक्षण गर्न ९ वटा उपसमिति गठन गरेको छ ।

    लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिमा रहेका दलहरूका सांसदहरूलाई संयोजक रहने गरी उपसमिति गठन गरेको हो । २७ जना सांसद रहेको उक्त समितिमा नेपाली कांग्रेसले तीन, नेकपा एमालेले दुई, माओवादी केन्द्रले एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले एक उपसमितिको संयोजक पाउने भएका छन् ।

    उपसमितिले छिट्टै बसेर आ-आफ्नो काम थाल्ने समिति सभापति पोखरेलले जानकारी दिए । उपसमिति संयोजकमा कांग्रेसबाट अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी र रामकृष्ण यादव रहेका छन् । त्यस्तै एमालेबाट गोकुलप्रसाद बाँस्कोटा र दामोदर भण्डारी उपसमिति संयोजक रहेका छन् भने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट मनिष झा, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट प्रदीप यादव उपसमितिका संयोजक बनेका छन् ।

    बैठकमा कांग्रेस सांसद मञ्जु खाँणले उपसमिति समावेशी नभएको भन्दै आपत्ति जनाएकी छन्। उनले भनिन्,‘लेखा समितिमा हामी दुई जना महिला छौं। एक जना महिलालाई उपसमितिको संयोजक नबनाइनु समावेशी विपरीत भयो ।’

    समितिको बैठकमा महालेखा परीक्षकको कार्यालयसँग छलफल गर्नुपर्ने, मन्त्रालयभित्रका सवारी साधनहरूको स्पष्ट विवरण माग्नुपर्ने, जग्गाको कित्ताकाट व्यवस्थित गर्नुपर्ने, प्रत्येक मन्त्रालयका लेखा परीक्षकसँग छलफल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ