• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ को तेस्रो संस्करण सम्पन्न

    1.3K
    SHARES



    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन हिरोज कनक्लेभ” कार्यक्रमको तेश्रो संस्करण सम्पन्न भएको छ ।

    धुलिखेलको आगन्तुक रिसोर्टमासम्पन्न सो कार्यक्रम “सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा” नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ ।कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजर सहित केही उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रमको लागि छनौट गर्ने र उनीहरुलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।

    यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । लिडर्सहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।

    कम्पनीको यस “सिटिजन हिरोज कनक्लेभ” कार्यक्रममा ६० जना लिडर्सहरुको सहभागिता रहेको थियो भने, कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक बिजय कुमार झाले उपस्थित सम्पूर्ण लिडर्सहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ