• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तीनकुने हत्या प्रकरण : अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन

    2.7K
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ तीनकुने स्थित गैह्रीगाउँमा गए राति ४ जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न ५  सदस्यीय समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहनेछन् ।

    उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सूक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सो समितिलाई कार्यालयले अनुरोध गरेको छ ।

    तीनकुने स्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा २ पुरुष र २ महिलाको शव फेला परेको थियो ।

    हत्या भएकाहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको गहिरो चोट लागेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ