• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै, यस्तो छ शवयात्राको रुट

    1.9K
    SHARES



    काठमाडौं ।  संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

    उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो । पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म राखिएको उनको पार्थिव शरीरलाई बुधबार (हिजो) बालुवाटारस्थित निवासमा लगिएको हो ।

    एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ ।

    केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज- नारायणगोपाल चोक-धुम्वाराही-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने भनिएको छ ।

    नेता नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ