• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    केआईसिंह राजमार्ग पहिरोले अवरुद्ध, ४ जिल्लाको आवतजावत रोकियो

    3.7K
    SHARES



    काठमाडौँ। पहिरोका कारण डडेलधुरा-दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

    यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेकाे डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

    डडेलधुरा, अछाम, बाजुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग बन्द हुँदा ती क्षेत्रमा हुने आवतजावत रोकिएको छ । लगातारको पहिराे र वर्षाका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएकाे छ । सडक बन्द हुँदा गाडी र यात्रु बाटोमै रोकिएका छन् ।

    शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेम रावलका अनुसार यो सडकमा अरु बेला पनि पहिराे जाँदा यात्रु र गाडी चालक मर्कामा पर्दै आएका छन् ।

    सडक विभागका अनुसार बाढी-पहिरोबाट अरु ३ वटा राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द रहेका छन् । तानसेन-रिडी-कोरला सडक पहिरोका कारण विगतदेखि नै बन्द रहेको छ ।

    त्यस्तै, तमोर करिडोरअन्तर्गत चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारमा रहेकाे हेवाखोलामा अवरुद्ध रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ