• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मुक्तिनाथ विकास बैंकलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले किन दियाे यस्ताे चेतावनी ?

    2.8K
    SHARES



    पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले मुक्तिनाथ विकास बैंकलाई वित्तीय आँतक र लुटपाट बन्द गर्न चेतावनी दिएकाे छ । पार्टीका जिल्ला इन्चार्ज ज्वालाले मंगलबार प्रेस वक्तव्य जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् ।

    प्रेस वक्तव्यमा माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सराईमा रहेको मुक्तिनाथ बिकास बैंकले आम जनताहरुलाई लुट्ने उदेश्य राखी लघु वित्तीय संस्था भगेनी संचालन गरि जनस्तरमा वित्तीय आतंक मच्चाईरहेको कुरा आफ्नो पार्टीको न्याय विभागमा गत २०८० असार २५ गते सामुहिक निवेदन परेको जनाएको छ ।

    उक्त निवेदनमा बैंक म्यानेजर रम्बा गाउँपालिका ताहु सेर्काबास टेमने स्थायी घर भएका सुवास सिङ्जाली र माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सराईमा स्थायी बसोबास गर्ने किरण घर्ती लगायतका कर्मचारीहरुको वित्तीय आतंक, ज्यादती र दादागिरीले प्रताडित बनाएको उल्लेख गरिएको जनाइएको छ ।

    उक्त बैंक र बैंक म्यानेजर सुवास सिङ्जाली कर्मचारी किरण घर्तीलाई उक्त कार्यहरू तुरुन्तै सच्याउन पहिलो चेतावनी दिन चाहान्छौं साथै बिकासका नाम सेवा कर्जाको हवला दिएर सोझासाझा आम जनताहरुलाई अदालत र कानुनको डर देखाएर गरिने वित्तीय आँतक र लुटपाट बिरुद्ध उभिन सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुमा समेत अपिल गर्दछौं ।’ वक्तव्यमा भनिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ