काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप १ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमन खरेल रहेका छन् ।
बुटवल घर भएका सुमनलाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको ब्यूरोका एकजना अधिकृतले बताएका छन् । खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ ।
प्रतिक्रिया