• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कृषि उत्पादन बढाएर नै अर्थतन्त्र बलियो बनाउन सकिन्छ : मन्त्री भुसाल

    1.6K
    SHARES



    काठमाण्डाै। कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।

    आज आइतवार काठमाण्डाैमा एक कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले नेपालका लागि कृषि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताएका छन् ।

    उनले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताए । यस वर्ष सरकारले चैते धान १ लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको उनले बताएका छन् ।

    उनले भने, ‘कृषि क्षेत्र हाम्रो देशकाे एउटा मेरुदण्ड हो । हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।

    कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो । अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकिरहेको छैन ।

    बर्खायाममा ४८ प्रतिशत जमिन सिँचाइ हुन्छ नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत हाे । यस वर्ष हामीले चैते धान १ लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर शुरु गरेका छौँ ।’

    कार्यक्रममा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनको रूपमा कृषि विधेयक संसदमा पेस गर्ने तयारी भइरहेको पनि बताएका छन् ।

    उनले आउँदाे अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत् कानुनी संरचनाको व्यवस्थापन हुने बताए  ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ