• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांस दिने

    2.6K
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई पूँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    आज बुधबार बिहान बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको एक बिज्ञप्ति मार्फत जनाएको छ ।

    बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने भनिएको छ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३० शाखारहित बैंकिङ्ग सेवा, २ सय २ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ