• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इन्जिनियरिङ अध्ययन संस्थानकाे शुल्क वृद्धि बिरुद्ध विद्यार्थी संगठनले आमरण अनसन सुरु गर्ने

    1.5K
    SHARES



    काठमाडौँ । समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आइतबार बिहान ८ बजेदेखि आमरण अनसन सुरु गर्दै छ ।

    २४ घन्टे अल्टिमेटम दिँदा पनि इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि खारेज नगरेकाले आमरण अनसन सुरु गर्ने विद्यार्थी संगठनहरुले जनाएका हुन् ।

    कार्यान्वयन समितिको साउन २५ को निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनले विभिन्न चरणका कार्यक्रम गर्दै आइरहेको छ ।

    समाजवादी मोर्चा निकट विद्यार्थी संगठनले भाद्र ७ गते पत्रकार सम्मेलन मार्फत वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो ।

    तर संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गरेकोले थप संघर्षको कार्यक्रम अगाडी बढाउन बाध्य भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

    उक्त्त विज्ञप्तिमा भनिएको छ ‘वृद्धि गरेको शुल्क खारेज गर्न हामी जस्तोसुकै जोखिम मोल्न तयार हुँदै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुको तर्फबाट २०८० भाद्र १० गते बिहान ८ बजेदेखि आमरण अनसन सुरु गर्ने तथा वृद्धि गरेको शुल्क खारेज नगरुन्जेल संघर्ष तथा आन्दोलनका विभिन्न कार्यक्रम समेत जारी राख्ने कुरा यसै विज्ञप्ति मार्फत घोषणा गर्दछौं ।
    अन्त्यमा आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवार सम्बन्धित पक्ष हुनुपर्ने समेत सचेत गराउँदछौँ,’ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया