• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘एमसीसीको सम्झौता कार्यान्वयन होईन खारेज हुनुपर्छ’

    2K
    SHARES



    काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी खारेज गरिनुपर्ने भन्दै क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपालले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । तेसै अन्तर्गत आज सनिवार अनामनगरस्थित संवाद डबलीमा ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    उक्त्त लार्यक्रममा अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई त्यसलाई कुनैपनि हालतमा खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् ।

    शनिबार काठमाडौंस्थित संवाद डबलीमा क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने उनिहरुले सो परियोजना खारेजीको लागि हरेक नेपालीलाई सडकमा आउन आह्वान समेत गरेका छन् ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले लागू मात्र नभएर अब नेपालबाट फिर्ता हुनु पर्ने धारणा राखेका छन् । नेता गजुरेलले एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका हुन् ।

    हुनले भने “जनताको दबाब र नेताहरुले अनुमोदन गर्नु गल्ति भएको महसुस गरेर कार्यान्वयन नगर्दा अमेरिकाले एमसीसी परियोजना फिर्ता लग्नु पर्छ, अन्यथा देशमा ठूलो द्वन्दको सिर्जना हुन्छ ।” नेता गजुरेलले थपे ।

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोस बुढामगरले सत्तामा आउने हरेक नेताले अमेरीकीहरुको योजनाअनुसार एमसीसी परियोजनालाई आत्मसाथ गरेर राष्ट्रघात गरेको आरोप लगाए । नेता बुढाले नेपालमा विदेशीहरुको रणनीति जसरी पनि नेपाललाई आफ्नो पञ्जामा राख्ने दाउ भएको पनि बताए ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली‘शुदर्शन’ले एमसीसीका नाममा आउने कुनै पनि सहयोग स्वीकार्न नसकिने र त्यसको कार्यान्वयनलाई अबरोध गरेरै छाड्ने उद्घोष गरे ।

    सो पार्टीका अर्का नेता उदयबहादुर चलाउने‘दिपक’ले उत्तरी क्षिमेकी चीनलाई घेर्ने दीर्घकालिन् रणनीतिसहति नेपाल छिरेको अमेरीकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट विदा गर्नुपर्ने धारणा राखे ।

    पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले वीर-पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाए ।

    उनले देशमा जुनसुकै किसिमका क्रान्तिकारीहरु आए पनि उनिहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति देशमाथि गद्दारी गरीरहेको बताउँदै भने,“देउबा, केपी र प्रचण्डहरुले भारत र अमेरीकालाई देशको स्वाभिमान बेचिरहेका छन्, अब देशभक्तहरु चुप बस्न हुँदैन ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया