• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेलम्चीको बाढीले बगायो स्कुलको भवन

    2.5K
    SHARES



    काठमाडौँ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ ।

    सरस्वती मावि शुक्रबार बिहानदेखि नै बाढीको उच्च जोखिममा थियो। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो ।

    जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइसकेका थिए । दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन खोलाले बगाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ