• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गौरा पर्वमा राष्ट्रिय बिदा दिनेछौं : प्रधानमन्त्री दाहाल

    1.9K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

    उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रिपरिषद्मा लैजाने पनि बताए ।

    उनले भने, ‘अगाडि बोल्ने नेताहरुले प्रधानमन्त्रीको हैसियतका गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ । हिजो मात्रै मन्त्रिपरिषद् बैठकमा यो कुरा चलेको छ । हामीले गौरा पर्वका विषयमा सकारात्मक मात्रै होइन । सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रष्ट गरेका छौं ।’

    उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए । उनले योभन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताएका हुन् ।

    ‘आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु । डा. भीमरावलले पहिला बिदा दिएको थिए भन्नुभयो ।

    म त्यो फाइल हेर्छु र बिदा दिने विषयमा शेरबहादुर देउवाले भनेको जस्तो तिथि किटान होस् विदाको घोषणा गरिने विश्वास दिलाउँछु ।’ उनले भने ।

    उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए । उनले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको पनि बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ