• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    श्रम बैंकमा आबद्ध हुन काठमाडौं महानगरले खुलायो आवेदन, फारम कसरि भर्ने ?

    2K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन सूचना प्रकाशन गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको थियो, सोही अनुसार महानगरले आवेदन खुलाएको हो ।

    यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, शहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने भनिएको छ ।

    महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र लगायत भर्नुपर्ने पनि भनिएको छ ।

    आवेदन फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् ।

    श्रम बैंकमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसेको हुनुपर्छ । किनभने काम गर्न बोलाउने बेला आउन सक्नुपर्छ । आवेदकका विषयमा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

    महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराउनेछ । यसमा काठमाडौं महानगरवासीलाई विशेष प्राथमिकता दिने राईले बताइन् ।

    महानगरका अनुसार यसबाट महानगरलाई आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सक्ने समेत महानगरले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ