• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    कथा : दुध बेच्ने घरको साउन पन्ध्र

    22.3K
    SHARES

    साँझ साना भाइबहिनीलाई पढाउँदा पढाउँदै सुतेकी शुशिला बिहान चाँडै उठिन्, हातमुख धोएर आमालाई सघाउन भान्छातिर गइन् । आमा उठेर आगो बालेर बसिरहेकी थिइन् । सुसिला आउनासाथ् आमाले ठिक्क पारेको भैसीं दुहुने भाँडो समाउदै भनिन्- ‘छानाको ढोकानजिक एक डोकोमा राम्रो राम्रो घास छुट्ट्याएर राख्याछ लिएर आउ त छोरी ।’

    शुशिला हवस् भन्दै घाँस लिन गइन् र घाँसको डोको उठाएर भैसीलाई हालिन् । आमाले भैसी दुनुभयो । त्यतिञ्जेल शुशिलाले छडीले भैसीको सिंहमा कन्याइन्, भैसींको पाडोलाई मुसार्दै उभि रहिन् । आमाले भैसी दोएर सकेपछि शुशिलालाई दुध राख्न भनिन् र आफु भने गोठमै गोबर फाल्दै, अरु भैसीलाइ घाँस हाल्दै अल्मलिइन् । बिहानको साढे ४ मात्रै बजेको थियो, बिरालोलाई दुध दिएर शुशिला फेरि आफ्नो कोठामा गइन् । भाइबहिनी सुतेकै थिए । अरुबेला बिहानै आमाले भैसीं दुहने बेला उठ्ने ठुलो भाइ आज भने मस्त सुतिरहेको थियो । बहिनी राधिका भने अलि सानै थिइन् । साँझ चार्जमा राखेको मोबाइल समातिन्, बत्ति बन्द गरेर सिरानीमा अडेस लगाएर बसिन् । मोबाइलमा डाटा खोलिन् र सामाजिक सञ्जाल सबै हेर्दैगर्दा केहि अनलाइनका समाचार पनि हेरिन् । एकछिनपछि डाटा अफ गरेर पल्टिइन् ।

    आमासंगै रहने बहिनी उठेर रुँदै उनको कोठामा आएपछि मात्रै शुशिला ब्युँझिइन । अरु भाइबहिनी पनि ब्युँझिए ! साढे सात बजिसकेको रहेछ । सानी बहिनीलाई काखमा लिएर शुशिला भान्छातिर गइन् । आमा घरमा नभएकोले उनले भाइबहिनीलाई हातमुख सफा गरिदिइन् र भान्छा सफा गर्न तिर लागिन् । एसईई दिएर सदरमुकाम गएकी थिइन् शुशिला ! त्यहाँबाट प्लस टुको परीक्षा दिएर घर आएकी थिइन् । उनका बुबाको मृत्यु भएको २ वर्ष पनि भएको छैन, घरमा आमा र भाईबहिनीको भरोसा भन्नु नै अब शुशिला थिइन् । आमालाई हरेक काममा सघाउथिन् उनी। सकेसम्म सक्नेजति सबै काम गर्थिन् पनि । भाइबहिनी पनि उनलाई नै पछ्याउथे उनि घरकी जेठी छोरी जो हुन् । सबै जिम्मेवारी उनकै काँधमा थियो र शुशिलालाई पनि आफ्ना बुबाले सबै जिम्मेवारी आफुलाई सुम्पेर गएका छन् भनेर सम्झिन्थिन् । शुशिलालाई बुबाको अभाव त छदै छ त्यो भन्दा बढी भाइबहिनी र आमाको चिन्ता लाग्थ्यो । सकेसम्म उनीहरुलाई खुसि राख्न तत्वर रहन्थिन उनी ।

    शुशिला आगन सफा गर्दै थिइन् आमा हातमा बाल्टी समातेर आँगन हुँदै ढोकाछेउको पेटीमा गएर बसिन् र सानी बहिनीलाई दुध चुसाउन लागिन् । रेडीयोमा समाचार बजिरहेको थियो ‘आज साउन १५ अर्थात् खिर खाने दिन’ यत्ति सुनेपछि शुशिलाको भाइ उफ्रिदै आमा तिर जाँदै आमा र दिदीले सुन्ने गरि चिच्यायो आज हामी पनि खिर खाने हो ? आमा र शुशिलाले एक आपसमा हेराहेर गरे र आमा घरभित्र पसिन् । शुशिलाले भाइलाई मायालु स्वरमा भनिन्- ‘खाने त हो तर एकपटकको दुधले हामीलाई पुग्दैन आज साँझ र भोलि बिहानको दुध जम्मा गरेर भोली दिउँसो खाँउला नि त, बरु आज हामी भैसीलाई राम्रो राम्रो घाँस खुवाऔं है भाइ !’ शुशिलाको मन गाँठो परेको थियो,भक्कानो च्यापेर गला दुखेको थियो । उनलाइ थाहा थियो आमाले आजको दुध बजार पुर्याईसक्नु भएको थियो । दुध बेचेरै आमाले नुन, तेल, साबुन, सलाई काइयो सबै त्यतैबाट ल्याउनुहुन्थ्यो ।

    अरुबेला बुबाले भारतको कालापहाडमा काम गरेर घर खर्च चलाउनुहुन्थ्यो । बाबा नहुँदा अब घरखर्च चलाउनै धौ-धौ भइरहेको थियो । शुशिलालाई सदरमुकामको कलेजमा भर्न गरेको केहि महिनामै उनको पढाई खर्च र घरको खर्च चलाउने पैसाको लागि उनका बुबा भारत जाने तयारीमा थिए तर जानुभन्दा पहिला घरको चुहिने छानो मर्मत गरेर जाने सोचले भिरमा पथ्थर निकाल्न गएका बेला माथिबाट आएको पहिरोमा परी उनका बुबालगाएत चार जनाको मृत्यु भयो । बुबाको मृत्युपछि शुशिलाले छोराछोरीलाई धेरै पढाउने बुबाको सपना सम्झिइन् । कोठा भाडा तिर्न सक्ने अवस्था नभएकाले बुबाले राखेको कोठा छोडेर उतै मित बुबाको घरमा बसेर जसोतसो अभावै अभावमा भएपनि १९ बर्षकी उनले प्लस टु परीक्षा दिएकी छन् ।

    शुशिलाले आँगन चाडो-चाडो सफा गरिन् र भाइलाई  हिजो साँझ टिपेर राखेको फर्सीको मुन्टा केलाउन भनिन् । आफु भने हात धोएर घरभित्र आमा भएको ठाउँ गइन्, आमा भने सानी छोरीलाइ दुध पिलाउँदै सुकसुक गर्दै बसेकी थिइन् । शुशिला आएको चाल पाउनसाथ आमा रोटी बनाउनलाई पिठो मुछ्ने तयारी गर्न थालिन्। शुशिलाको चित्त सारै दुखिरहेको थियो र पनि उनले सानी बहिनीलाई समातिन र रुन थालेकी बहिनिसंग बोल्न थालिन्, आमासंग भने बोल्नै सकिरहेकी थिइनन् । एकछिन मनलाई मनाउदै उनले भनिन् ‘आमा रोटी म बनाउछु, मैले आँगन सफा गरिसके, हजुर थाक्नु भएको छ, आराम गर्नुहोस् ।’

    आमाले शुसिलाको मुखमै नहेरी बाटा हातमा थमाइन् र खोक्दै बाहिर गइन् । सधैँ सन्तानका अघि आफ्नो दू:ख लुकाउन खोज्ने आमालाई साँच्चिकै खोकी लागे जसरी बाहिर जानु त बाहाना मात्रै थियो । खीर खान रहर गर्ने यी छोराछोरीलाई खिर खुवाउन नसकेकाले दुखेको मन र आखाबाट टिलपिल भइरहेको आँशु रोकेर तारन्तार खोकी रहेकी थिइन्, बास्तवमा घाटी नि धेरै दुखिरहेको थियो, खोकीको बाहानामा दुखाईलाई पचाएर मन गर्हुङ्गो पार्दै बाहिर निस्किएकी हुन् । आमाले एकान्तमा आफ्नो दुख आँशुले पखाल्न खोजेको शुशिलाले बुझिन्, यस्तो धेरै पटक भएको छ र आमाले छिमेकी दिदी बहिनिहरुसंग कहिलेकाँही गफ गर्दा यस्तो कुरा शुशिलाले आमाको मुखबाट सुनेकी थिइन् र आमालाई केही भनिनन् ।

    बरु सुसिला रेडीयोमा ठुलो आवाज आउनेगरि गीत सुन्दै मकै र कोदाको पिठो मिलाएर रोटी बनाउन थालिन् । रेडियोमा गीत बजिरहेको थियो, ‘गरिबको चमेली बोल्दिने कोही छैन’ रेडियो बजाएर रोटी बनाउदै गरेकी शुसिलाको मनलाई रेडियोको गीतले भित्र भित्रै झन् रुवाइरहेको थियो । उनले आमा भाइ बहिनी र आफुलाई पुग्ने रोटी पकाइन्, चुलोमा मकै र कोदोको रोटी पाक्यो आमाले बाहिर गएर मन हलुङ्गो पारेर आइन् । रेडियोमा बजेको गीतले शुसिलालाई रुवाएर मन केहि हलुङ्गो त गरायो तर भाइ बहिनिले खिर खान पाएनन् भनेर रोएको शुसिला र उनकी आमाको मनमा भने एउटै प्रश्न थियो यी साना बच्चालाई खिर खुवाउने चाजोपाजो कसरी मिलाउने होला ?

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ