• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    लुम्बिनी

    एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध, सदनमै चर्को नाराबाजी

    2K
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आइतबार प्रदेशसभाको बैठक बसेको थियो ।

    अर्थमन्त्री धनबहादुर मास्केले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नसाथ विपक्षी सांसदले राज्यकोषको दुरुपयोग गर्ने गरी बजेट आएकोले संशोधन हुनुपर्ने भन्दै नाराबाजी गरे ।

    एमाले प्रमुख सचेतक तुलसी चौधरीले राज्यकोषको चरम दुरुपयोग गरी ल्याइएको बजेट संशोधन नभएसम्म सदन चल्न नदिने पनि बताए । ‘अहिलेको बजेटले प्रदेशको हित गर्दैन र यसले बेथिति मात्रै निम्त्याउने निश्चित छ’ चौधरीले भने ।

    असार १ गते अर्थमन्त्री मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेश गरेका थिए । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको २ साता बितिसक्दा पनि छलफल सुरु हुनासकेको छैन ।

    असार १० गते बजेटमाथि छलफल गर्ने गरी आह्वान भएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो । प्रतिपक्षले बैठक अवरुद्ध गरेपछि बैठक फेरि सोमबारसम्मका लागि स्थगित भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ