• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    पत्रकार महासंघले मनपरी गरेको भन्दै नेतृत्वलाई दुई क्रान्तिकारी पत्रकार संगठनको कडा चेतावनी

    11.7K
    SHARES



    काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वलाई पत्रकार शुद्धीकरणको विषयमा विचार र आस्थाको आधारमा आग्रह पूर्वाग्रहपूर्ण गतिविधि गरेको भन्दै २ क्रान्तिकारी पत्रकार संगठनले प्रेस विज्ञप्तिमार्फत् त्यस्ता गतिविधि नसच्याए देशैभर भण्डाफोरमा उत्रने चेतावनी दिएका छन् ।

    क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी र क्रान्तिकारी पत्रकार संगठनका संयोजक कमल बुढाले संयुक्त रुपमा आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    विज्ञप्तिमा आफु निकट रहेका कतिपय सरकारी कर्मचारी, शिक्षक, स्थानीयतहका जनप्रतिनिधिका स्वकीय सचिव भएर सरकारी निकायमा काम गरिरहेका तथा राजनीतिक दलका कार्यकारी भूमिकामा रहेका समेतको सदस्यता कायम राख्ने तर फरक विचार, आस्था राख्ने अन्य समूह र संगठनमा आबद्ध क्रियाशील पत्रकारहरुलाई भने छानी छानी शुद्धीकरणका नाममा महासंघको सदस्यबाट बन्चित गराउने गरेको भन्दै यस प्रकारको आग्रह पूर्वाग्रहपूर्ण शुद्धीकरणप्रति घोर आपत्ति र कडा शब्दमा विरोध प्रकट गरिएको छ ।

    संयुक्त विज्ञप्तिमा भनिएको छ, “शुद्धीकरणको विषयलाई दुरुपयोग गर्दै गरिएको पूर्वाग्रहीपूर्ण गतिविधि र अमूक संगठनको सिण्डिकेट तत्काल रोकी देशैभर एउटै मापदण्ड कायम गरी सदस्यताबाट जबर्जस्त बन्चित भएका-गराइएका पीडित पत्रकार साथीहरुको सदस्यता कायम गराउन हामी पत्रकार महासंघको केन्द्रीय नेतृत्व समक्ष जोडदार माग गर्दछौं । र, देशैभर एउटै मापदण्डका आधारमा विना भेदभाव, विना आग्रहपूर्वाग्रह क्रियाशील पत्रकारबाहेक निष्क्रिय पत्रकारहरुलाई शुद्धीकरण गर्ने विषयमा महासंघको अभियानलाई हाम्रो पूर्ण सहयोग रहने पनि विश्वास दिलाउन चाहन्छौं । तर, शुद्धीकरणका नाममा फरक विचार र आस्था राख्ने क्रियाशील पत्रकारहरुलाई समेत हटाउने अनि आफैले बनाएको मापदण्डको खिल्ली उडाउँदै एकाध र अमूक संगठनको बर्चस्व स्थापित गर्ने खालका गतिविधि गरेको पाइएमा त्यो हाम्रो लागि कदापि स्वीकार्य नहुने र त्यस्तो प्रवृत्तिका विरुद्ध देशव्यापी भण्डाफोरमा उत्रने चेतावनी पनि यसै विज्ञप्तिमार्फत् दिन चाहन्छौं ।”

    यस्तोछ वक्तव्यको पूर्णपाठ : “नेपाल पत्रकार महासंघले चलाएको सदस्यता शुद्धीकरण अभियानप्रति हाम्रो पूर्ण साथ र समर्थन रहेको छ । महासंघमा पत्रकारिता पेशामा क्रियाशील श्रमजीवी पत्रकार मात्र सदस्य हुनुपर्छ भन्ने उद्देश्यका साथ २०७९ पुष ८–९ गते सुर्खेतमा सम्पन्न महासंघको केन्द्रीय साधारणसभाले सदस्यता शुद्धीकरण प्रस्ताव पारित गरेको सबैमा अवगत नै छ ।
    महासंघमा सदस्यता शुद्धीकरणको लक्ष्य सही हुँदाहुँदै पनि शुद्धीकरणका क्रममा कतिपय जिल्लाहरुमा आग्रह पूर्वाग्रह राखी केही क्रियाशील पत्रकारहरुलाई पनि सदस्यबाट हटाइएको खबरहरु आइरहेका छन् । हटाइएका सदस्यहरुका सन्दर्भमा हटाउनुका कारण र आधारहरु पेस गरेको पनि देखिदैन । यस प्रकारको आग्रह पूर्वाग्रह राखी सदस्यहरुको सूचीबाट केही क्रियाशील पत्रकारहरुलाई हटाइएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
    जिल्लामा महासंघको जसले नेतृत्व गरेको छ, उसको भन्दा फरक संगठन र समूहमा आबद्ध भएकै कारण आफूखुसी मापदण्ड बनाई मनोमानी तरिकाले गरिएको शुद्धीकरणलाई सच्याएर मिडिया हाउसमा कार्यरत क्रियाशील पत्रकार साथीहरुको सदस्यता कायम गर्न हामी महासंघको नेतृत्वलाई बिनम्र अनुरोध गर्दछौं । कतिपय सदस्य राजनीतिक दल वा अन्य संघ संस्थामा भए पनि सरकारी कर्मचारी र कार्यकारी भूमिकामा नरहेको खण्डमा शुद्धीकरण नगर्ने नीति उल्लंघन भएको विषयमा गम्भीर हुन हामी महासंघलाई आग्रह गर्दछौं ।
    शुद्धीकरणको विषयलाई दुरुपयोग गर्दै गरिएको पूर्वाग्रहीपूर्ण गतिविधि र अमूक संगठनको सिण्डिकेट तत्काल रोकी देशैभर एउटै मापदण्ड कायम गरी सदस्यताबाट जबर्जस्त बन्चित भएका÷गराइएका पीडित पत्रकार साथीहरुको सदस्यता कायम गराउन हामी पत्रकार महासंघको केन्द्रीय नेतृत्व समक्ष जोडदार माग गर्दछौं । र, देशैभर एउटै मापदण्डका आधारमा विना भेदभाव, विना आग्रहपूर्वाग्रह क्रियाशील पत्रकारबाहेक निष्क्रिय पत्रकारहरुलाई शुद्धीकरण गर्ने विषयमा महासंघको अभियानलाई हाम्रो पूर्ण सहयोग रहने पनि विश्वास दिलाउन चाहन्छौं । तर, शुद्धीकरणका नाममा फरक विचार र आस्था राख्ने क्रियाशील पत्रकारहरुलाई समेत हटाउने अनि आफैले बनाएको मापदण्डको खिल्ली उडाउँदै एकाध र अमूक संगठनको बर्चस्व स्थापित गर्ने खालका गतिविधि गरेको पाइएमा त्यो हाम्रो लागि कदापि स्वीकार्य नहुने र त्यस्तो प्रवृत्तिका विरुद्ध देशव्यापी भण्डाफोरमा उत्रने चेतावनी पनि यसै विज्ञप्तिमार्फत् दिन चाहन्छौं ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ