• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अटेरी गर्ने जनप्रतिनिधिमाथि नेकपाले थाल्यो यस्तो जनकारवाही, पहिलो नम्बरमा परे किसुन चन्द्र

    71.5K
    SHARES



    काठमाडौं । राजीनामा दिन अटेरी गरेपछि नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले जनप्रतिनिधिहरुमाथि कारवाही थालेको छ ।

    जनपरिषदले रुपन्देहिबाट जनप्रतिनिधीमाथि जनकारवाही  सुरु गरेको छ । आइतबार जिल्लाको सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई जनपरिषदले कालोमोसो दलेको छ ।

    सुद्धोधन गाउँपालिका प्रमुख चौधरीलाई आईतवार कालो मोसो दलेर जनकारर्बाही गरेको जनपरिषद रुपन्देहीले संचारकेन्द्रलाई जानकारी दिएको छ ।

    खासगरी बिकास निर्माणको काममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र ब्यापारीहरुलाई बेचेर कमिसन खाएको, गाँउपालिकाका बिभिन्न समान खरिदका क्रममा प्रक्रिया मिलाएर नै कमिसन खाएको गुनासो जनस्तरबाटै आएका कारण उक्त कारवाही गर्नुपरेको जनपरिषदले संचारकेन्द्रलाई जानकारी दिएको छ ।

    त्यस्तै प्रमुख चौधरीले आर्थिक प्रशासन नामावलीको धज्जी उडाउदै बिभिन्न व्यक्ति सामुदायलाई नीति विपरीत बजेट बाँडेर दुरुपयोग गरेको, बिकाश निर्माणमा राजनीति गरी पार्टीका कार्यकर्ता भर्तीकेन्द्र बनाएको र योजनाहरुबाट २० देखि २५ प्रतिशत सम्म कमिशन खाने गरेको, गाउँकार्यपालिकाभित्र समेत पूर्ण बैठक तथा छलफल नगरी मनोमानी एवंम एकलौटि गरी जनताको ढाड सेक्नेगरी कर बृद्धि गरेको र जन्मदर्ता, मृत्युदरता, विवाहदरता, बसाईसराईको स्थानीय निकायका मार्फत सामान्य सिफारिस गर्ने क्रममा समेत बिभिन्न बहानामा जनतालाई दुख दिई कमिशन खाने गरेको पनि जनपरिषदले आरोप लगाएको छ।

    चुनाव खारेज गरेको नेकपा जनपरिषदले देशभरका जनप्रतिनिधिहरुलाई आफ्नो कमिशन धन्दा बन्द गर्न गरेर तत्काल राजीनामा दिन पत्र काटिसकेको छ । विशेषगरी स्थानीय सरकारले जनताको ढाड सक्नेगरी कर वृद्धि गरेको, भ्रष्ट्राचार बढाएको, दलाली गरेको भन्दै नेकपा विरोधमा उत्रिएको छ ।

    नगर, वडा र गाउपालिका प्रमुख लगाएतका प्रतिनिधिहरु बिकाश गर्नको साटो व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको भन्दै स्थानीयले नेकपा जनअदालतमा उजुरी गर्न थालेका छन् । यसैबीच  सुकुम्बासीको उठिबास लगाउन थालेको भन्दै जनपरिषद्ले भूमाफियाहरुमाथि एक्शन लिएको छ ।

    रुपन्देहीको सैनामैना नगरपालिका–९ शंकरपुरमा रहेको सुकुम्बासी बस्ती र उनीहरुको खेतीपाती गर्दै आएको जग्गामा जनपरिषद्ले झण्डा गाडेको हो ।

    जग्गा दलालहरु नापी–मालपोत कार्यलयका कर्मचारीहरु मिलेर उक्त ५ कट्ठा जग्गा कनिबेच गर्न लागेको भन्दै सैनामैना जनपरिषद्ले शनिबार मध्यरात कब्जाको घोषणा गरेको हो ।

    कब्जा गरेको उक्त जग्गा उपभोग गर्दै आएका सुकुम्बासीहरुलाई हस्तान्तरण गरेको छ । जग्गा किनबेचको काम अगाडि बढाए कारवाही गर्ने चेतावनी समेत जनपरिषद्ले दिएको छ ।

    हेर्नुहोस् चौधरीमाथि कारवाही गर्नुका ५ कारण

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ