• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    धर्म संस्कार

    पशुपतिनाथका चारै ढोका खुल्ला, ३ हजार सुरक्षाकर्मी र ४ हजार स्वयंसेवक परिचालन

    4.5K
    SHARES
    bz{gfyL{sf] eL8 sf7df8f}F, ^ kmfu'g M dxflzj/flq @)&( sf] cj;/df kz'kltgfydf zlgaf/ laxfg}b]lv nfu]sf] bz{gfyL{x?sf] eL8 . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

    काठमाण्डाै। महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।

    बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा एवम् दर्शनका लागि पशुपतिमा जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवम् सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन् ।

    जयबागेश्वरीबाट लाममा लागेको आधा घण्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घण्टासम्ममा दर्शन गर्न सकिने पनि उनले बताए ।

    पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भिड रहेको छ । दर्शनार्थीलाई व्यवस्थित रुपमा दर्शन गराउन ३ हजार ५ सय सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ ।

    पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायतकाे पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै आज देशका अन्य शिवालयमा पनि भक्तजनको भिड लाग्ने गर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया