• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज पनि घट्यो सुनको मूल्य

3K
SHARES



काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा मूल्य २ सय रुपैयाँले घटेको जानकारी गराएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६ सय कायम भएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम रहेको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ