News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जनयुद्धकी घाइते पूर्वलडाकू महिला घरमै बलात्कृत, यी हुन बलात्कार गर्ने आपराधि

10.5K
SHARES


रोल्पा, ९ जेठ ।

त्रिवेणी गाउँपालिका-५ की अपांग भएकी २५ वर्षिय महिला बलात्कृत भएकी छन् ।

पूर्व माओवादी लडाकू रहेकी उनी माओवादी युद्धताका अपांग भएकी हुन् । बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी उनलाई सोही गाउँका ५१ वर्षिय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीको भनाई छ ।

घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि उनलाई घर पठाइएको तथा अभियुक्त कामीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया