• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

शेयर बजारमा दाेहाेराे अङ्कको गिरावट

2.6K
SHARES



काठमाण्डाै। शेयर बजारमा आज बुधवार दोहोरो अङ्कले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज १५.७६ अंकले घटेर १ हजार ९सय ३३.३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेकाे दिन २ सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर साढे ७ प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ