• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुकुम्बासीको उठिबास लगाउने वडाध्यक्षको घरमा शक्तिशाली बम बिस्फोट, क्षतिको विवरणसहित

    41.4K
    SHARES



    झापा । झापामा एक जना जनप्रतिनिधिको घरको ढोकामा बम विस्फोट भएको छ । झापाको दमक नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष भीम पौड्यालको घरको मुख्य गेटमा बम विस्फोट भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

    विस्फोटबाट घरको मुख्य गेट नै भत्किएको छ भने घर चर्कीएको पनि उनीहरुले बताएका छन् । त्यस्तै बिस्फोटमा परी बाटो हिँड्दै गरेका दुई बटुवा घाइते छन् । इलाका प्रहरी कार्यालय दमका अनुसार घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेम कुमारी राई रहेका छन् । उनीहरू श्रीमान श्रीमती हुन् ।

    आइतबार साँझ भएको विस्फोटमा परी घाइते दुबैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

    हिजो मात्रै दमक नगरपालिकामा बस्दै आएका सुकुम्बासीको विना विकल्प उठिबास लगाइएको थियो । पीडितका अनुसार पौड्याले सुकुम्बासी बस्तीमा डोजर लगाउने मुख्य भूमिका खेलेका थिए । उनेल राप्रपाबाट चुनाव जितेका हुन् ।

    सुकुम्बासी महिलामाथि पनि ज्यादती

    सत्ताको नेतृत्वकर्ता केपी ओली र प्रचण्डको ठाडो आदेशमा दमक नगरपालिकाले हाटखोला ७ स्थित सुकुम्बासी वस्तीमा डोजर मात्रै लगाएन व्यापक प्रहरी परिचालन गरेर महिला बालबालिकाहरुमाथि समेत ज्यादती गरेको थियो ।

    पिडित महिलाहरुले आफूमाथि प्रहरीले गरेको ज्यादती र दुर्व्यवहारबारे रुदै मिडियासामु बयान दिएका छन् । पिडित महिलाहरुले आफूहरुलाई प्रहरीले लात्ती र मुड्कीले हानेको बयान निक्कै पिडाका साथ् रुदै दिएको भिडियोमा प्रष्ट देखिन्छ ।

    कुनै सूचनाविना सयौंको संख्यामा प्रहरीसहित तिनै जनप्रतिनिधि बस्तीमा पुगे, जसलाई तिनै सुकुम्बासीले भोट दिएर जिताएका थिए । प्रहरीहरुले एकातिर भकाभक सुकुम्बासीहरुलाई समात्दै कब्जामा लिए भने त्यहिँबाट नगरपालिकाका मेयर मुसुमुसु मुस्कुराउँदै रमिते बने । त्यहिबेलामा नगरपालिकाको डोजरले घर भत्काउन सुरु गर्यो ।

    सुकुम्बासीहरुलाई नियन्त्रणमा लिदै घरभित्रको १ टुक्रा समान बाहिर निकाल्न नदिएरै भकाभक घर भत्काउन सुरु गरिएपछि त्यहाँ पिडितको रुवाबासी सुरु भएको दृश हेर्दा पनि आँखा नरसाउने सायदै कोहि होलान । त्यहाँ सुकुम्बासीका घर मात्रै भत्किएनन्, सँगै उनीहरुका छोराछोरीका भविष्य पनि भत्किए ।

    यता प्रहरीले जबर्जस्ती सुकुम्बासीहरुलाई कब्जामा लिइरहेको र उता नगरपालिकाले घरमा डोजर जोतिरहेको देखेपछि पिडितहरु डाको छोडेर रोइरहेको भिडियोमा प्रष्ट देखिन्छ ।

    संयौको संख्यामा ससस्त्र प्रहरी, जनपद प्रहरी र सबै  वडाका अध्यक्ष, नगरपालिकाका मेयर रोमनाथ ओलि र केही स्थानीय जग्गा दलालहरुहरुको उपस्थितिमा नगरपालिकाले शनिबार एकाबिहानैदेखि बस्तीमा डोजर जोतेपछि सुकुम्बासीहरु ‘घर न घाट’ का जस्तै बनेका छन् ।

    वास्तविक सुकुम्बासीको पहिचान गरेर उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने ठाउँमा बस्तीमै डोजर जोत्ने र सत्ताको आडमा स्थानीय सरकारले प्रहरी परिचालन गर्ने कार्यले कुनैपनि हालतमा समस्या समाधान हुन नसक्ने त्यहाँका बुद्दिजिबि र नागरिक समाजको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ