News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

माछापुच्छ्रेका वडाध्यक्षले कर्मचारी कुटेपछि…

860
SHARES


पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले कर्मचारीमाथि हातपात गरेका छन् ।

उनको कुटपिटबाट असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसी घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ ।

शुक्रबार बिहान गाउँपालिकाको होमस्टे लागत तयार पार्ने विषयमा विवाद भएपछि वडाध्यक्ष गुरुङले असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेका हुन् ।

असिस्टेन्ट सब इन्जिनियर जिसीले वडाध्यक्ष गुरुङबाट असुरक्षा भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा सुरक्षा माग गर्दै उजुरी दिएका छन् । वडाध्यक्षलाई आवश्यक कारबाही गर्न पनि उनले माग गरेका छन् ।

‘यो घटनाक्रम खासमा आजदेखि होइन, हिजैदेखि हो । उहाँले आफूले भने बमोजिमको भएन भनेर हात हाल्नु भएको हो,’ जिसीले भने, ‘उहाँ पहिल्यैदेखि मलाई अपशब्द प्रयोग गर्नुहुन्थ्यो, यो विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि जानकारी गराइसकेको छु ।’

वडाध्यक्ष राम गुरुङले चजे प्रदेशले अनुदानवापत दिने ल्वाङ गाउँ होमस्टेको लागत तयार पार्न पटकपटक आग्रह गर्दा पनि जिसीले तयार नपारिदिएको आरोप लगाएका छन् । शुक्रबार बिहान जिसीले ‘एग्रेसिभ’ हुँदै हेल्मेटले हान्न खोजेपछि आफूले प्रतिरक्षा गरेको दाबी पनि गरेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया