News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो-फिचर

‘छैठौं प्राङगारिक कृषि मेला’ काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न

1.7K
SHARES


काठमाडौं ।अर्गानिक एशोसियसन नेपालको आयोजित ‘छैठौं प्राङगारिक कृषि मेला – २०७९’ काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव सुरु भएको थियो ।

अर्गानिक एशोसियसन नेपालको आयोजनामा भएको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले गरेका थिए । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लघु घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात र राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हटाउन सहजीकरण गर्ने पनि बताएका थिए ।

प्राङगारिक खेतीलाई राज्यले प्राथमिकतामा राखेको र घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गरिने भएको छ । केही दशक अघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेकाले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दीइनेवारे छलफल भएको छ ।

सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक रहेको र त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्नुपर्ने उद्योगी हरुको माग रहेको छ ।

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि जानकारी गराइएको छ । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने पनि जानकारीगराइर्को हो ।

अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका बारेमा पनि छल फल भएको छ । आज सम्मका लागि संचालन भएको उक्त मेला औद्योगिक व्यापार मेलासँगै आयोजनामा भएको हो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया