News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विज्ञान-प्रविधि समाचार

क्यान इन्फोटेक- २०२३ मा नेपाल टेलिकम र एनसेलको सिम सित्तैमा पाइने

7.2K
SHARES


काठमाडौं । भृकुटीमण्डप मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक- २०२३ मा टेलिकम र एनसेलको सिम सित्तैमा पाइने भएको छ ।

इन्फोटेक मेलामा मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गर्न थालेका छन् ।साथै मेलामा आएका अवलोकनकर्ताले स्टलबाट आफ्नो मोबाइलका लागि नि:शुल्क ई-सिम अपग्रेड गर्न पाउने कम्पनीले उल्लेख गरेका छन् ।

मेलामा टेलिकमले एनिभर्सरी अफर र एनसेलले हाेम एन्ड अवे डेटा प्याकेजबारे जानकारी दिइरहेकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे ३ लाखले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया