• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ओलीको राष्ट्रघातबिरुद्ध भोली नेपाल बन्द, संघर्षमा साथ दिन सबै राष्ट्रप्रेमीलाई विप्लवको आग्रह

    30.5K
    SHARES



    काठमाडौं, २९ बैसाख ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण राष्ट्रघातकै श्रंखला भएको भन्दै नेपाल बन्दको आह्वान गरेका छन् ।

    अरुण–३ को शिलन्यास, हतियारसहित भारतीय सेना नेपाल प्रवेश, अन्याधुनिक सैन्य हेलिकोप्टर, जहाजको अवतरणले नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको बताएका छन् । उनले कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनीेतकि महत्वको उपल्लो मुस्ताङ भ्रमण पनि राष्ट्रघातकै श्रंखला भएको भन्दै विप्लवले भोलि नेपाल बन्दको घोषणा गरेका हुन् ।

    शनिबार विहानै विज्ञप्ति जारी गरेर विप्लवले भनेका छन्, “भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।”

    महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली मोदीको सामु परेको लम्पसारको जनस्तरबाट भएको प्रतिवादको सम्मान र समर्थन गर्दै भने, “सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ ।

    केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नुपर्ने अनिवार्यता ठान्दै वैशाख ३० गते नेपाल बन्दको आह्वान गरिएको भन्दै सहयोग समर्थनको लागि अपील सबै राष्ट्रप्रेमीहरुलाई आग्रह गरेका छन् । महासचिव विप्लवले राष्ट्रघातका बिरुद्ध संघर्षमा एकबद्ध बन्न समेत सबैलाई आग्रह गरेका छन् ।

    यस्तो छ विप्लवले जारी गरेको विज्ञप्ति

    हाम्रो पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी संघर्ष गर्दैगर्दा हाम्रा कैयौं नेता र कार्यकर्ताहरुलाई यो सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने, चरम यातना दिइरहेको छ ।

    यसरी एकातिर यो दलाल संसदीय व्यवस्थाका पहरेदारहरुले उनीहरुले आफै बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई पनि कुल्चि रहेका छन् भनें अर्को्तिर आफूलाई राष्ट्रवादी भन्ने गरेको यो केपी प्रचण्डको सरकारले नेपालको राष्ट्रियता, राष्ट्रिय खण्डतामा गम्भीर आघात पुग्ने काम गरिराखेको छ ।

    यसैको पछिल्लो श्रृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।

    आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामू परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ/संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ । मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।

    केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ । उक्त नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा राखेका छौं ।

    विप्लव
    महासचिव
    नेपाल कम्युनिस्ट पार्टी
    २९ बैशाख, २०७५

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ