• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपाले आव्हान गरेको नेपाल बन्दमा माओवादी केन्द्रको पनि समर्थन !

    11K
    SHARES



    काठमाडौं, २२ बैसाख ।

    प्रचण्ड गठबन्धनको केपी ओली सरकार चरम फासिवादी बन्दै गएको भन्दै त्यसको विरोधमा नेकपाले आज २२ गते नेपाल बन्द आवहान गरेको छ । देशभर बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

    बन्दका कारण राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीसहित ठूला शहर सुनसान छन् । विहानैबाट खुल्ने पसलहरु बन्दै नै छन् भने सडकमा एम्बुलेन्‍स, तरकारी, दूधका गाडी मात्रै देखिएका छन् ।

    काठमाडौंबाट देशका विभिन्‍न स्थानमा छुट्‍ने लामो दुरीका सवारी यातायातका साधनहरु पनि बन्द नै छन् । बस पार्कमा सुनसान छन् ।

    शान्तिपूर्ण राजनीतिक आन्दोलनमा सहभागी भइरहेका दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, बेपत्ता पार्ने र झूटा मुद्दा लगाउने, भारतीय ज्यादतीबिरुद्ध मौन समर्थन गर्ने लगाएतका काम सरकारले गरेपछि नेकपा आन्दोलनमा उत्रिएको हो । नेकपाले आफ्ना १२ जना नेता–कार्यकर्तालाई सरकारले बेपत्ता पारेकाले वर्तमान सरकारलाई फासिस्ट र निरङ्कुश बन्दै गएको बताएको छ ।

    सरकारको उक्त दमन, धरपकड र फासिस्ट शैलीको विरोधमा आज  नेपाल बन्दको घोषणा गरिएको हो।

    बन्दलाई माओवादी केन्द्रको समर्थन

    यसैबीच पुनर्गठित माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले वैशाख २२ गतेका लागि नेकपाले आह्वान गरेको नेपाल बन्दलाई समर्थन गरेका छन् । मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता किराँतीले सरकार र नेकपाबीच वार्ता हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

    ‘नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महान् जनयुद्धद्वारा स्थापित क्रान्तिका मुद्दाहरू कार्यान्वयन गर्न सङ्घर्षरत राजनीतिक सङ्गठन हो । तर चारु मजुमदारको रगत पिउने ज्योति वसुको भूत सवार खड्ग ओली सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाएर त्यसका नेताहरूविरुद्ध मुद्दा हाल्ने, गिरफ्तार गर्ने, बेपत्ता पार्नेजस्ता जघन्य दमन गरिरहेको छ ।’ उनले विज्ञप्तिमा भनेका छन्, -‘माओवादी कम्युनिस्ट मास्ने दलाल पुँजीवादी राज्य दमनविरुद्ध नेकपाद्वारा आयोजित ‘नेपाल बन्द कार्यक्रम’ लाई नीतिगत समर्थन गर्दै नेपाल सरकार–नेकपा वार्ताका लागि आह्वान गर्छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ