• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    के पृथ्वी जस्तो देखिने ग्रहमा पनि जीवन सम्भव छ ? अनुसन्धानले यसो भन्छ

    4.4K
    SHARES

    काठमाडौँ। हालै एउटा शोध गरिएको छ जसमा पृथ्वी जस्ता ग्रहमा जीवनको सम्भावनाबारे बताइएको छ । शोधका अनुसार पृथ्वीजस्ता ग्रह, जसको सतहको करिब ३० प्रतिशत हिस्सा जमिनले ढाकेको छ, त्यो स्टार ह्याबिटेट जोनमा केवल १ प्रतिशत मात्रै रहन लायक हुनसक्छ । स्टार ह्याबिटेट इलाका त्यो इलाका हो जहाँ कुनै ग्रहको सतहमा पानी हुनसक्छ । यी ग्रहमा करिब ८० प्रतिशतमा भूमि छ र करिब २० प्रतिशत पूर्ण रुपमा समुद्ररहेको छ ।

    अनुसन्धानकर्ताले प्लेट टेक्टोनिक्समार्फत्, ग्रहको महाद्वीपीय भूमिको रिसाइक्लिङ र ग्रहको मेन्टलमा पानीको बीच सम्बन्धको मोडलिङ गरेको छ । स्विटजरल्याण्डमा अन्तर्राष्ट्रिय अंतरिक्ष विज्ञान संस्थानका कार्यकारी निर्देशक तथा शोध दलका सदस्य तिलमन स्पनले यसबारे विस्तृत जानकारी दिँदै भनेका छन्, ‘हामी पृथ्वी वासी, भूमि र महासागरबीच सन्तुलनको आनन्द लिन्छौँ । अन्य ग्रह पनि हाम्रो पृथ्वीजस्तै होला भनेर सोच्दा त रमाइलो लाग्छ तर हाम्रो मोडलिङको नतिजाले यस्तो हुँदैन भनेर निष्कर्ष निकाल्छ ।’

    नतिजाले के बताउँछ भने पृथ्वीमा समुद्र र भूमिको अनुपात (१ः३) राम्रोसँग सन्तुलनमा छ । धेरैजसो ग्रहका लागि यो अनुपात तल–माथि हुनसक्छ – या त जमिन बढी या समुद्र । शोधकर्ताले के निष्कर्ष निकालेका छन् भने यो टिपिङ बिन्दु सबैभन्दा बढी हुनसक्छ जब कुनै ग्रहको भित्री भाग पृथ्वीको आवरण जत्तिकै चिसो हुन्छ, जुन १,४१० डिग्री सेल्सियस छ । धेरै गहिराईमा यो ३,७०० सेन्टिग्रेटसम्म हुन्छ । यहि तापमानको आधारमा कुनै ग्रहमा जमिन बढी छ कि पानी भनेर निश्चित हुन्छ ।

    पृथ्वी एक असाधारण ग्रह हो

    पृथ्वी करिब २.५ अर्ब वर्ष अघि, आर्कियन कालको अन्त्यमा पानी र जमिनको सही सन्तुलनको अवस्थामा पुगेको थियो । स्पानका अनुसार पृथ्वीको प्लेट टेक्टोनिक्स इन्जिनमा, भित्रको गर्मीले नै भूकम्प, ज्वालामुखी र पहाड बन्छन् । र यसैकारण महाद्वीपको विकास हुन्छ । अर्कोतर्फ, भूमिको क्षयीकरण (ल्याण्ड इरोजन) साइकलको एउटा सिरिजको हिस्सा हो जसले वायुमण्डल र भित्रको हिस्साबीच पानीको आदान–प्रदान गर्छ । यो चक्रले कसरी काम गर्छ, विभिन्न मोडलले देखाउँछन् कि हाम्रो पृथ्वी असाधारण ग्रह हो ।

    अनुसन्धानकर्ताले थुप्रै अन्य कारकमाथि पनि विचार गरे – जस्तै कार्बन डाइअक्साइडको उत्सर्जन कार्बन–सिलिकेट साइकलमा कसरी असर गर्छ । उनीहरुले के पाए भने भूमि र महासागर भएका ग्रह त्यतिबेला मात्रै रहन लायक हुन्छन् यदि त्यहाँ पृथ्वीजस्तो तापक्रम र जलवायु छ । त्यहाँका जीव र वनस्पति पृथ्वीभन्दा निकै भिन्न पनि हुनसक्छन् ।

    मोडलले के पत्ता लाग्यो भने १० प्रतिशतभन्दा कम भूमि भएको ग्रह ओसिलो वातावरण र ट्रपिकल जलवायुको साथमा तातो हुनेछ जबकी धेरै भूमि भएका ग्रह जसको सतहमा पानी ३० प्रतिशतभन्दा कम छ, त्यो बाँकी ग्रहको तुलनामा बढी चिसो, शुष्क र कठोर हुनेछ । यी भू–प्रभुत्वयुक्त ग्रहमा, चिसो मरुभूमि फैलिएका हुनेछन् र ठूला ग्लेसियर र जताततै बरफ हुनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ