• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले रोइलो गरेपछि नेकपाले मुख खोल्यो ! यस्तो रहेछ यथार्थ

    15.1K
    SHARES



    काठमाडौं, ९ बैसाख ।

    नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेपछि नेकपाले मुख खोलेको छ । नेकपाले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ ।

    नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् ।

    संचारकेन्द्रसँग कुरा गर्दै  इन्चार्ज विरहीले नेकपाका कार्यकर्ताहरुले सिन्धुलीको हरिहरपुरगढि गाउँपालिमा सैन्य बेशक्याम्प संचालन गरेको भन्‍ने सूचना बनावटी र झुटो भएको बताएका छन् । ‘यो सबै कपोलकल्पित र बनावटी कुरा हो ‘ उनले भने -‘यसप्रकारको प्रपोगाण्डाको खण्डन गर्दै पार्टीको बिज्ञप्ति समेत आउदै छ ।’

    आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गर्दै पत्रकार सम्मेलन गरेका थिए ।

    पार्टीका पोलिट्ब्यूरो सदस्य समेत रहेका नेता विरहीले आफ्नो पार्टी विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलनमा लागिरहेको तर कुनै सैन्य गतिविधिमा नलागेको बताए ।

    यसैबीच प्रहरीले सिन्धुलीबाट नेकपनिकट अखिल (क्रान्तिकारी) का २ जना नेतालाई गिरफ्तार गरेको छ । डिएसपी शर्माले एकजना केन्द्रीय नेता र अर्का जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको बताएका छन् ।

    उनका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल गिरफ्तार परेका हुन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शर्माले बताए ।

    सैन्य बेसक्याम्प चलाएको हल्लापछि सिन्धुलीमा व्यापक प्रहरी परिचालन गरिएको सूचना समेत प्राप्त भएको छ ।

    तस्वीर: गुगलबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ