• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र विज्ञान-प्रविधि

    विमानकै गतिमा उड्ने मोटरसाइकल तयार

    3K
    SHARES

    काठमाडौँ। स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे ।

    आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ ।

    मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर राखिएको बताए । उनले भने, ‘यो वास्तवमा एक एयर युटिलिटी भेइकल हो, अर्थात् यसको उपयोग विभिन्न तरिकाले गर्न सकिन्छ किनभने हेलिकोप्टर ठूला, जटिल, महँगो र पाइलट बिना उड्न सक्दैनन् । ड्रोन्सले कम तौल उठाउँछ, रेन्ज पनि छोटो हुन्छ, सुस्त गतिको हुन्छ । त्यसैले हाम्रो बाइक बहुउपयोगी हुनेछ । यसमा आठवटा जेट इन्जिन राखिएका छन् ।’

    फ्युचरिजमको वेबसाइटका अनुसार स्पिडर असाध्यै शक्तिशाली छ । यसले हजार किलोमिटरसम्मको तौल उठाउन सक्छ । यसको गति ८०४ किलोमिटर प्रतिघण्टा हो । अर्थात्, लगभग कमर्सियल विमानको औसत विमान बराबर । यो एउटा निकै ठूलो मोटरसाइकलको आकारको हो । एकपटक उडान भरेपछि यो करिब ६४४ किलोमिटरसम्मको उडान भर्न सक्छ । यो आफैँ उड्न सक्छ, यसलाई पाइलटले पनि उडाउन सक्छन् वा रिमोटमार्फत् पनि उडाउन सकिन्छ ।

    स्पिडर बाइक मोड्युलर हो । अर्थात् यसलाई तपाईं कार्गो भेइकलमा परिवर्तन गर्न सक्नुहुन्छ । यसमार्फत् क्रिटिकल कार्गो पठाउन सकिन्छ । जस्तै, ओयल रिगमा यदि यो छोटो यन्त्र खराब भयो भने करोडौँको क्षती हुनसक्छ । यस्तोमा स्पिडरमा राखिएको सामान राखेर त्यसलाई समुद्रमा भएको रिगसम्म पुर्‍याउन सकिन्छ । यसलाई जतासुकै उडाउन सकिन्छ । जंगल माथि, पहाडमा, समुद्र वा नदी माथि ।

    यसको प्रयोग जंगलको आगो निभाउनका लागि उड्ने फायर फाइटरको रुपमा पनि गर्न सकिन्छ । यो कुनै अग्लो भवन वा जंगल नजिकै लागेको आगो निभाउन पनि मद्दत गर्न सक्छ । डिजास्टर रिकभरी अर्थात् यदि कोही नराम्रोसँग घाइते भएको छ वा बिरामी छ भने उसलाई तुरुन्त अस्पताल लैजानु परेमा यसमा बाँधेर अस्पताल पुर्याउन सकिन्छ किनभने यसले भर्टिकल टेकअप र ल्यान्डिङ गर्न सक्छ ।

    डेभिड मेमनले सन् २०१५ मा आफे जेटप्याक विकसित गरेका थिए । त्यसपछि उनी स्ट्याचु अफ लिबर्टी नजिकै उडेका थिए । त्यसपछि उनले उड्ने बाइक बनाउने अवधारणा विकसित गरे । सन् २०१८ मा उनले यो प्रोजेक्ट सुरु गरे । यो बाइकमा विमानमा राखिने इन्धनको प्रयोग गर्नुपर्नेछ अर्थात् एभियशन फ्युल । मेमन एयरोस्पेसले हाल अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनसँग परीक्षण उडानका लागि अनुमति मागिसकेको छ । यसले कहिले उडान भर्छ, त्यो भने हेर्न बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया