• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी राजनीति

    नेकपा बहुमतको तेस्रो पूर्ण बैठक सुरु, संयोजक कञ्चनद्वारा प्रतिवेदन पेश

    4.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नवौं महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठक नवलपुरमा सुरु भएको छ ।

    आइतबारदेखि सुरु भएको बैठकमा संसदीय चुनाव प्रदेश र संघ, पार्टी एकता, सरकारद्वारा जारी गरिएको पक्राउ पुर्जी र सरकारले उलंघन गरेको ३ बुदे सहमति लगायतका एजेन्डामा छलफल भइरहेकाे छ ।

    ५ दिनसम्म चल्ने बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे पनि छलफल हुनेछ । बैठकले केन्द्रीय सदस्यको कार्य बिभाजन गर्नेछ भने पार्टी एकताबारे पनि टुंगो लगाउनेछ।

    बैठकमा पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले राजनीतिक प्रतिबेदन पेश गरेका छन् । प्रतिबेदनमा देशको राजनीतिक अवस्थाबारे चर्चा गरिएको छ। यस्तै राजबन्दी, राजबन्दी र सहिद परिवारलगायत बिषयहरु पनि प्रतिबेदनमा समेटिएका छन् ।

    राष्ट्रियता, जनतन्त्र, जनजिविकाबारे आन्दोलन, संयुक्त कार्यक्रम र चुनावको बिषयबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । बैठकको सुरुवातमा जेल हिरासत परेका नेता कार्यकर्ताहरुलाई सम्मान र पार्टी एकता प्रक्रियामा आएका नेताहरूलाई स्वागत गरिएको थियाे ।

    बैठकमा सहभागी हुन आउने नवौं महाधिवेशन आयोजक समिति सदस्यहरुलाई लुम्बिनी ब्यूरो र नवलपुर जिल्लाले टोपी र खादा ओढाएर अबिर लगाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा नवलपुर जिल्लामा नेता कार्यकर्ता र स्थानीय जनता ड्रेसबद्ध रुपमा उपस्थित भएका थिए ।

    प्रतिक्रिया