• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कर्णालीका मुख्यमन्त्री शाहीको अर्को खतरनाक गोप्य काण्ड, यसरी भयो पर्दाफास

    143.8K
    SHARES



    कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अर्को गोप्य रहस्य खुलेको छ ।  यसअघि मुख्यमन्त्री शाहीपत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको थियो ।

    यो काण्ड सेलाउन नपाउदै मुख्यमन्त्री शाही आफैले विगत ६ वर्षदेखि बिशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता खाँदै आएको पाईएको छ । स्राेतले संचार केन्द्रलाई उपलब्ध गराएको प्रमाणअनुसार मुख्यमन्त्री शाहीले मासिक १२ हजार ४ सय रुपैयाँ बिशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता खाँदै आएका छन् ।

    सरकारले विगत दश बर्षे सशस्त्र द्धन्द्धको समयमा सक्त घाईते भएका व्यक्तिहरुलाई दिदै आएको बिशिष्ट श्रेणीको भत्ता मुख्यमन्त्रीले खादै आएका छन् । जीवन निर्बाह भत्ता हातखुट्टा समेत गुमाएका र अन्य अंगभंग भएर निक्कै गम्भीर घाइते बनेका व्यक्तिले पाउने भत्ता हो ।

    अर्थात् मुख्यमन्त्री शाहीले खाने बिशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता भनेको अर्काको सहायतामा बाँचीरहेका घाईतेहरुले खाने भत्ता भएकाे स्रोतले संचारकेन्द्रलाई बतायो । स्थानीय शान्ति समिति कालिकोटका अनुसार जिल्लाबाट समितिले निर्णय गरी पठाएका १ सय ३४ जना घाईतेहरुले अहिले पनि पनि राहत  पाउन सकेका छैनन् । तर मुख्यमन्त्री शाहीले भने २०६८ सालदेखि नै सरकारले उपलब्ध गराउदै आएको जीवन निर्वाह भत्ता खाँदै आएका छन् ।

    स्थानीय शान्ति समितिका अनुसार कालिकोटमा विशिष्ट र प्रथम श्रेणीको भत्ता खानेहरु जम्मा ६५ जना छन् । जसमध्ये विशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता खानेहरु १० जना छन् भने प्रमथ श्रेणीको भत्ता खानेहरु ५५ जना रहेका छन । केही समय अगाडी सरकारले द्धन्द्धको समयमा घाईते भएकाहरुको अवस्था र पुनरावलोकन गर्न केन्द्रले गरेको परिपत्र अनुसार जिल्लामा घाईते अपांग प्रतिशत निर्धारण एवं पुनरावलोकन समितिमा जीवन निर्बाह भत्ता खानेहरु ६५ जना मध्य ५१ जनाले मात्र निवेदन दिएका प्रशासनले जनाएको छ ।

    प्रशासनका अनुसार बाँकी १४ जना सम्पर्कमा नै आएका छैनन् । कतिपय नक्कली आपंगहरु रहेकाले पुनर्मुल्याँकनमा नआएको हुन सक्ने अनुमान पनि प्रशासनको छ । स्रोतका अनुसार गत कात्तिक महिनामा भुक्तानी गर्नुपर्ने रकम निर्बाचनका कारण माघ महिनामा मात्रै खातामा पठाईएको छ । सरकारको मापदण्ड अनुसार विशेषज्ञ डाक्टरहरुको सिफारिसमा ७१ प्रतिशतदेखि सय प्रतिशतसम्मका घाईतेहरु बिशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता खान पाउछन् ।

    त्यस्तै ५१ देखि ७० प्रतिशतसम्मका घाईतेहरु प्रथम श्रेणीमा पर्दछन् । र ५१ प्रतिशत भन्दा कममा पर्ने घाईतेहरुले उक्त जिवन निर्बाह भत्ता खान पाउदैनन् । सरकारले पुर्ण रुपमा काम गर्न नसक्ने घाइते नागरिकलाई जीवन निर्वाह भत्ता दिदै आएको छ । कालिकोटमा विशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता खानेहरुमा मुख्यमन्त्री शाहीसँगै रतन परियार, सुरेश शाही, हर्ष बहादुर शाही, धीरेन्द्र ब शाही, राज बुढाक्षेत्री, अजबीर शाही, शेरबहादुर कार्की, कस्ने ऐडी र नरेन्द्र ऐडी रहेका छन् ।

    के हो मुख्यमन्त्रीको श्रीमती गोप्य काण्ड

    यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीकी पत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालय जान छाडे पनि घरमै बसेर तलव खाँदै आइरहेको खुलासा भएपछि उनको चौतर्फी आलोचना भएको छ ।

    मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालु आवको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब लिइसकेकी छन् । तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आइ तलब बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ ।

    ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट महेन्द्रबहादुर निर्वाचित भएपछि उनी पतिसँगै काठमाडौं बस्दै आएकी थिइन् । कर्णाली प्रदेशको मुख्यमन्त्री निर्वाचितपछि नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही सुशासन, भ्रष्टाचार र जवाफदेहीताबारे भाषण गर्दै आएका छन् । उनले प्रदेशका सबै कर्मचारीलाई आफ्नो कामबाट दायाँबायाँ गर्न नदिने बताउँदै आएका छन् ।

    मुख्यमन्त्री शाहीले कर्मचारीले जनताको काम ढिलासुस्ती गरेको भन्दै सामाजिक संजाल फेसबुक नै बन्द गर्ने घोषणा पनि गरेका छन् । तर, जुन कार्यको विरोध गरेर भाषण गर्छन् त्यसबाट मुख्यमन्त्री शाही आफू मुक्त नभएको खुसाला भएको छ । मुख्यमन्त्री शाहीमा इमान्दारिता र जवाफदेहीतामा निकै कमी भएको महशुस प्रदेशबासीले गरेका छन् ।

    जानाजान होस् वा अन्जानमा होस् ! मुख्यमन्त्री शाहीले धेरै नियत र नैतिकतासँग जोडिने धेरै कार्य गरेका छन् । त्यहीमध्येको एक हो, श्रीमतीलाई बसीबसी तलब खाने व्यवस्था । मुख्यमन्त्री शाहीले श्रीमती चन्दालाई घरमै बसीबसी तलब खाने ब्यबस्था मिलाएको भन्दै अहिले कर्णालीबासीहरु उनको बिरुद्ध खनिएको छ । त्यतिमात्र हैन माओवादी केन्द्रका नेताकार्यकर्ताहरुले समेत उनको व्यापक विरोध गरिरहेका छन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ